घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार हेर्नुहोस् आजको बजार भाउ

Share:

काठमान्डौ/स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक हजार २०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख १० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । गत बिहीबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यो हालसम्मकै उच्च मुल्य थियो ।

 

तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बिहीबार तेजाबी सुन प्रतितोला एक लाख ११ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

 

आज चाँदीको मूल्य स्थिर छ । चाँदी आज प्रतितोला एक हजार ४४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

Share: