
काठमान्डौ/ढाकाकुमार श्रेष्ठले सांसद पदमा पुनर्बहाली गर्न माग गर्दै दायर गरेको रिट दिएका थिए ।सोहि रिट अन्तर्गत आज सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही कार्यान्वयन नगर्न सर्वाेच्च अदालतकाे अल्पकालीन अन्तरिम आदेश दिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कारबाहीमा परी सांसद पद गुमाएका ढाकाकुमारले आइतबार (हिजो) सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटको प्रारम्भिक सुनुवाइका लागि न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएको थियो ।श्रेष्ठको इजलासले आज सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही कार्यान्वयन नगर्न आदेश दिएको हो।
मन्त्री बन्नका लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग घुस लेनदेनको अडियो सार्वजनिक भएपछि श्रेष्ठलाई रास्वपाले कारबाही गरेको थियो ।कारबाही गर्नुको कारण पेस गर्न पनि अदालतले भनेको छ।मन्त्री बन्न पार्टीलाई पैसा बुझाउनु पर्ने भन्दै व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रूपैयाँ मागेको अडियो बाहिरिएपछि उनलाई गत चैत २९ गते पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो।
सांसद पद गुमेपछि आफूमाथि अन्याय भएको भन्दै श्रेष्ठले आइतबार सर्वोच्चमा रिट दायर गरेका थिए। सर्वोच्चका प्रवक्ता विमल पौडेलका अनुसार बहस सकिएर आदेश नआउन्जेल श्रेष्ठलाई कारबाहीको निर्णय कार्यान्वयन नगर्न आदेश भएको छ। अब उनले सांसदको हैसियतमा संसद् बैठकमा सहभागी हुन पाउने नपाउने बारे लिखित आदेशममा उल्लेख हुनेछ।