वनमा लागेको आगो निभाउन जाँदा १२ जना घाइते, ४ जनाको अवस्था गम्भीर

Share:

काठमान्डौ/दैलेखको आठबिस नगरपालिकाको भामे ठुला मेला सामुदायिक वनमा लागेको आगो निभाउन जाँदा १२ जना घाइते भएका छन् । उनीहरू मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरूलाई हेलिकप्टरबाट उद्धारका गरी कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लगिने भएको छ ।

 

वन क्षेत्रमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत निर्माण कार्य हुँदै थियो । सोही निर्माण कार्यमा सहभागी मजदुरहरू आगो निभाउन जाँदा घाइते भएका हुन् ।

Share: