Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
बर्दियामा आगलागी, चारजनाको मृत्यु – Lekhanpeeth

बर्दियामा आगलागी, चारजनाको मृत्यु

Share:

काठमान्डौ/बर्दियाको गुलरिया नगरपालिका–४ तुलापुरको एक घरमा गएराति आगलागी हुँदा चारजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।

 

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार १८ महिनाका कार्तिक चन्द, ७ वर्षका कृष चन्द, १० वर्षका मानसिंह बुढा र ३२ वर्षकी राधा बुढाको मृत्यु भएको हो ।

 

आगोले पोलेर घाइते भएकी २८ वर्षकी करिष्मा चन्दको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । आगलागीको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share: