
काठमान्डौ/नेपालि पत्रकारिता जगतको इतिहास खास लामो छैन। यधपी विस्वमा पत्रकारिताको विकाश चरम संगै कान्छो मिडिया जगत अर्थात अनलाईन मिडियाको दुनियानै कान्छो मिडिया हो ।यो क्षेत्रमा पछिलो समय आक्रषण बढ्दै जान थालेको पाईन्छ।अनाईन संचालन गर्नेको सङख्या अहिले ह्वात्तै बढेको छ। छिटो ,छरितो र समयमै सुचना प्राप्त गर्न सहज हुने भएकोले यो छिटो संचार माध्यम पनि हो। सहज र छिटो सुचना पाउने हुदा यो प्रभावकारी संचारमाध्यम बन्दै गएको छ। पछिल्लो समय सत्य तथ्य समाचार तथा पाठक मुखी सुचनाको सम्प्रेसणाले गर्दा अनालाईन पत्रकारिताको प्रभाव र विस्वसनियता बढ्दै गएको छ। अनलाईन मिडियाको विस्वसनियताले गर्दा अनलाईन मिडियाले नेपालमा समेत प्रभावकारी संचार माध्यमको रुपमा आम जन मानसले ग्रहण गर्दै आईरहेका छन् । यस क्षेत्रलाइ विस्वसनिय बनाउने कार्यरत पत्रकारको दक्षता, क्षमता र सत्य तथ्य र यथार्थ प्ररक र पाठकमुखी सुचना सम्प्रेसणाले नै हो।
यस क्षेत्रमै रहेर आफ्ना अनुकुल र पूर्वाग्रहपूर्ण सुचना र समाचार सम्प्रेसणा गर्ने गरेकाले विस्वसनियतामा पटक पटक प्रश्न ? खडा हुने गरेको छ। निरन्तरको सत्य र तथ्य सहितका सुचना प्राप्त गरेका आम सुचना प्रेमीहरुले भने आम संचार माध्यम झैँ अनलाईन संचारमाध्यम लाई पनि विस्वसनिया र प्रभाबकारी संचारमाध्यम रुपमा हेरेको र सुचना ग्रहण गरेका छन्। २१ औ शाताब्धिको यो प्रविधि मैत्री यो युगमा मानिसका आवस्यकता र प्रविधि मैत्री सुचना प्राप्त गर्ने हकलाई समेत प्रोत्साहान गरि जिबन उपयोगी बन्दै गएको अनलाईन मिडिया समग्रहमा आजको युगकै आवस्यकता हो।
तर यी संचार माध्यम कति विस्वसनिय हुन् हैन्नन भन्ने छुट्याउने र सुचना ग्रहण गर्ने जिम्बा भने पाठकको नै हो। स्वार्थ सहितका समाचार र पितपत्रकारिताले गर्दा सिगो पत्रकारिता जगतलाई नै बेला बेलामा बदनाम बनाउने समेत गरेको छ। यी र यस्ता समस्याहरु झेलेर अगि बडेर सत्य तथ्य र यथार्थपरक सुचना र समाचार सम्प्रेसण गर्न सक्नु र गर्नु यतिबेलाको अपरिहार्यता हो। स्वार्थ सहितका समाचार र पितपत्रकारितालाई चिरेर अगाडी बढ्नु आम अनलाई संचारमाध्यमको वर्तमान चुनौती हो।
नेपाल जस्तो भुपरिबेस्ठीक र विकासउन्मुख मुलुकमा त् झन् विकास र सम्बृद्धी हासिल गर्न सुचनाको हक र यसको सम्प्रेसणाको महत्वपूर्ण भूमिका हुन्छ । अनलाईन संचारमाध्यमको खास भूमिका अझै सरकारले भने नबुझेको पाईन्छ।तेसैले हाल पनि अन्य संचारमाध्यमलाई प्रधानगरेको सेवा सुविधाबाट अनलाईन संचारमाध्यम भने बन्चित छन्। आम संचार माध्यमको स्थरमा समान हक र अधिकार भने अनलाईन संचारमाध्यम लाई हाल सम्म राज्य बाट पाउन सकेको छैन। राज्य बाट अन्य संचार माध्यमले पाउने सेवा सुबिधा बाट समेत बन्चित रहेको अन्लाईन संचारमाध्यम भने निरन्तर पाठक मुखी र विस्वसनिय समाचार सम्प्रेसणा गर्ने होड बाजिमा व्यस्थ छन ।
आम संचारमाध्यमकै दर्जा र स्थर अनुरुपको राज्यले सेवा सुविधा उपलब्ध गराउने हो भने सबैभन्दा प्रभावकारी र लोकप्रीय संचार माध्यम बन्न अनलाईन मिडियालाई कसैले रोक्न क्षेक्न सक्दैन। यति सानो मुलुक करिब ३ करोड जनसङ्गख्या रहेको मुलुक नेपालमा सरकारको आधिकारिक दर्ता गर्ने सस्थांन प्रेस प्रेस काउन्सिल नेपालमा सुचिकृत भएर मात्र संचालन भएका अनलाईन मिडिया करिब ४ हजारको हाराहारीमा छन्।
अनलाईन संचारमाध्यम बढ्दै जानु र भ्रामक सुचना सम्प्रेशणा तथा स्वार्थपुण पत्रकारिताको अनलाईन जगतमै हाबी हुदा विस्वसनियता घट्दै गएको हो । घट्दै गएको विस्वसनियताका बाबजुद्ध पनि विस्वसनिय र सत्य तथ्य पत्रकारिता गर्न आग्र पङ्गतिमै हाल अनलाईन संचारमाध्यम छन्। पत्रकारिता गर्ने ईच्छा बोकेर पत्रकारिता गरौ र तेसैमा स्वरोजगार बनौं भन्ने नेपालि समाजमा ठुलो नै जमात नै छ । पछिल्लो समय पत्रकारिता क्षेत्र बाट उदाएका केहि व्यक्तिले कमाएको राजनैतिक हैसियत र सफलता देख्दा पनि पत्रकारिता जगत सँग आकर्षित भएको देखिन्छ । पत्रकारिता गर्ने व्यक्तिको सफलता र हरेक विषय संगको दखलता देख्दा आम मानिस लोभिनु स्वाभाविक नै हो।
आकर्षण जस्तै यस क्षेत्रमा लागेर मानिस प्रख्यात र स्वाभालंभी र स्वरोजगार बन्नका लागि आफ्नै अनलाईन मिडिया संचालन गर्न आतुर भएको पाईन्छ।र त्यो खालको सोच बोकेकाले नै सानो मुलुकमा यति धेरै अनलाईन संचारमाध्यमको दर्ता भएको हो।
नया अनलाइन संचारमाध्यम संचालन गर्न के के गर्नु पर्ला ?
तर अनलाईन मिडिया खोल्न र संचालन गर्न के के गर्नु पर्छ भन्ने कुरा थाहा नपाउदा विभिन्न विषय बस्तुको नाममा ठगीमा पर्ने तथा झन्झट लाग्रेर आफ्नो सोच बाट नै हात झिक्ने समेत गरेको पाईन्छ।अनलाईन संचार माध्यम संचालन गर्न तल उल्लेखित विषय बस्तुलाई विशेष ध्यान दिने हो र सोहि बमोजिम कार्य गर्ने हो भने अनलाईन संचारमाध्यम खोल्न र संचालन गर्न सहज हुन्छ।
निम्नलिखित बुधाहरुको पालना गरेमा स्वरोजगार सहित राज्यले समेत चौथो अंगको रुपमा हेरेको पत्रकारिता जगतमा तपाई कार्य गर्न र पत्रकार बन्न सक्नुहुन्छ ।
१)कम्पनि रजिस्टार वा घरेलु तथा साना उधोग कार्यालयबाट व्यवसाय संचालनको अनुमति लिने
२)राजस्व कार्यालयमा दर्ता गरि प्यान/भ्याट दर्ता गर्ने
३)अनलाइन मिडियाको बेबसाईट तयार गर्ने
४) सुचना तथा प्रसारण विभागमा विभागले दिएको उचित ढाचा र आवस्यक कागज पत्र पुर्याई दर्ता गर्ने
५)माग बमोजिमको ढाचामा निबेदन पेश गरि प्रेस काउन्सिल नेपालले भने बमिजमका कार्यमा सरिक भई दर्ता प्रमाणपत्र ग्रहण गर्ने
६) दर्ता प्रक्रिया पुरा गरेपछि नियमित कार्य प्रारम्भ गर्ने
– लेखक : पुजन धिताल