
काठमान्डौ/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मदन राईसँग पार्टीको कुनै किसिमको सम्बन्ध नभएको बताएको छ। शुक्रबार साँझ एक विज्ञप्ति जारी गर्दै रास्वपाले यस्तो जानकारी दिएको हो ।
राईले किशोरकिशोरीमाथि गरेको दुर्व्यवहार निन्दनीय भएको पनि रास्वपाले बताएको छ । उनलाई कानुनबमोजिम कारबाही हुनुपर्छ भन्नेमा रास्वपा स्पष्ट भएको पनि पार्टी प्रवक्ता तथा महामन्त्री मुकुल ढकालद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।