Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सांसद हरि ढकाललाई सभामुखले रोकेपछि संसद अवरोध – Lekhanpeeth

सांसद हरि ढकाललाई सभामुखले रोकेपछि संसद अवरोध

204
0
Share:

काठमान्डौ/सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकाललाई बोल्न रोकेपछि रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले संसद अवरोध गरेका छन् ।

 

मंगलबार प्रतिनिधि सभाको आकस्मिक समयमा सांसद हरि ढकालले यातायात क्षेत्रको असुरक्षाको विषयमा बोल्न समय माग गरेको तर अर्को विषय उठाउन खोजेको भन्दै सभामुख घिमिरेले रोकेका थिए ।

 

सभामुखले सांसद ढकाललाई बोल्न रोकपछि रास्वपा, राप्रपासहित विपक्षी दलको नेताहरूले उठेर विरोध जनाए। सभामुखले विषय केन्द्रित भएर नबोलेको भन्दै सभामुखले रोकेका थिए। त्यसपछि सभामुख घिमिरेले रास्वपा सभापति रवि लामिछानेलाई दुई मिनेटको बोल्न समय दिए। उनले सांसद ढकाललाई बोल्न रोकेको प्रति आपत्ति जनाए।

 

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि सांसदलाई यो बोल्न पाइन्छ त्यो पाइँदैन भन्ने कुरा आफूहरूलाई मान्य नहुने बताए।

 

उनले भने, ‘जनताका प्रतिनिधिले आफ्ना कुरा राख्छन्। संविधान र संसद्को नियमावली विपरीत भयो भने सभामुखले रोक्ने आफ्नो ठाउँमा छ। तर यो विषय बोल्न पाइँदैन भन्ने कुरा मान्य हुँदैन। सांसदको विशेष अधिकारलाई नियन्त्रण गर्ने कुरा मान्दैनौँ।’

Share: