
काठमान्डौ/नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित सबै १२ जनालाई आइतबार म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ ।काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले अदालतसँग थप चार दिनको समय मागिएको बताए ।
‘हामीले शनिबारदेखि गणना हुनेगरी ४ दिनको समय मागेका छौं । अहिले अदालत लगिएको छ’, उनले भने ।यो प्रकरणमा हालसम्म सचिव टेकनारायण पान्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार ईन्द्रजीत राई, पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप लगायत पक्राउ परेका छन् ।
टोपबहादुर विरुद्ध पनि पक्राउ पुर्जी जारी भइसकेको छ । तत्कालीन गृहमन्त्री बादलका छोरा प्रतीक विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।