
काठमान्डौ/नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर हिजो पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीमाथि अनुसन्धानका निम्ति प्रहरीले ३ दिन हिरासतमा राख्न अनुमति पाएको छ ।
जिल्ला अदालत काठमाडौंमा न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । उनी पक्राउ परेको जानकारी सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ ९१० बमोजिम आजै रायमाझी पक्राउबारे सदनलाई जानकारी गराएका छन् । सो जानकारीसँगै सांसद टोपबहादुर रायमाझी निलम्बनमा परेका छन् ।
वैशाख २० गते पक्राउ पुर्जी जारी भएका रायमाझीलाई प्रहरीले हिजो साँझ काठमाडौंको बुढानीलकण्ठ क्षेत्रको एक घरबाट पक्राउ गरेको थियो ।