
काठमान्डौ/ब्यवसाही ,संसद ,अर्बपति विनोद चौधरीको घरमा शरणार्थी छुट सम्बन्धी फारम भर्दै गर्दाको भिडियो सार्वजनिक भएको छ।काँग्रेस पूर्व सांसद आङटावा शेर्पा र उनको आफन्त डजोन शेर्पाले नक्कली भुटानी शरणार्थी प्रमाणीकरण गर्न व्यापारी विनोद चौधरीको घर प्रयोग गरेर फर्म भर्ने र आर्थिक लेनदेन गरेको भिडियो भन्दै हाल सो भिडियो सामाजिक संजालमा भाईरल भैरहेको छ।
पूर्व मन्त्री महेश बस्नेतले आङटावाले चौधरी निवासमा बसेर दर्जनौ व्यक्तिहरुको फारम भर्दाको भिडियो सार्वजनिक गर्नुभएको हो ।शेर्पा उनै व्यक्ति हुन जसले आरजु , बाल कृष्ण र मञ्जु खाँणहरूले सम्बन्धित दलालहरू सँग बुझेको रकम फिर्ता गराएर चोख्याउन लगेका थिए ।
सार्वजनिक भएको भिडियोमा फर्म भर्नेहरूले विनोद चौधरीको घर देखाएर उनको नाम लिइरहेको भन्दै पूर्व मन्त्री बस्नेतले प्रहरीले अहिलेसम्म गरेको छानबिनको उच्च सम्मान गर्दै थप अनुसन्धानको माग गर्नुभएको छ । पूर्व सांसद आङटावा पक्राउ पुर्जी जारी भएसँगै हिजो सोमबार प्रहरीकोमा आत्मसमर्पण गरिसकेका छन् । अर्बपति विनोद चौधरीसमेत यस प्रकरणमा जोडिएसँगै यो प्रकरणले थप मोड लिने अपेक्षा सबैले गरिरहेका छन् ।
भिडियो :
https://www.facebook.com/lekhanpeeth/videos/6502602596464160