राहुल गान्धीविरुद्ध झारखण्ड उच्च अदालतमा अर्को मानहानी मुद्दा

111
0
Share:

काठमान्डौ/काङ्ग्रेस नेता राहुल गान्धीविरुद्ध झारखण्ड उच्च अदालतमा पनि मानहानी मुद्दा परेको छ । उक्त अदालतले मुद्दाको फैसला केही समयपछि गर्ने जनाएको छ । न्यायाधीश अम्बुजनाथको इजलासमा बहस समाप्त भएको छ भने दुवै पक्षलाई बहसको सारांश पैश गर्न आदेश दिइएको छ ।

 

काङ्ग्रेस नेता राहुल गान्धीले सन् २०१८ मा चाइबासमा भएको पार्टीको भेलामा भारतीय जनता पार्टी (भाजपा)का नेता अमित शाहविरुद्ध आपत्तिजनक टिप्पणी गरेपछि भाजपाका एक जना स्थानीय नेताले मुद्दा दायर गरेका थिए ।

 

नेता गान्धीले आफ्नो पार्टीको भेलामा ‘हत्याको आरोपी भाजपामा मात्र पार्टी अध्यक्ष बन्नसक्छ, काङ्ग्रेसमा यो सम्भव छैन ’ भनेका थिए । यो भनाइबारे जवाफ दिन तल्लो अदालतले नेता गान्धीलाई सूचना पठाएको थियोभने त्यसलाई चुनौती दिँदै उनले उच्च अदालतमा आवेदन गरेका थिए । तल्लो अदालतको सूचना खारेजीको माग आवेदनमा गरिएको थियो ।

Share: