ह्वात्तै घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?

Share:

काठमान्डौ/नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ । मंगलबार प्रतितोला १ सय रुपैयाँले बढेको सुनको मूल्य बुधबार प्रतितोला ११ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

 

आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार पाँच सय रुपैयाँ कायम छ । त्यस्तै, त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

मंगलबार चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा किनबेच भएको थियो । मंगलबारको तुलनामा आज चाँदी प्रतितोला ५ रुपैयाँ घटेको हो ।

Share: