Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? – Lekhanpeeth

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

296
0
Share:

काठमान्डौ/साताको चौँथो दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा ३०० रुपैयाँ बढेर कारोबार भएको हो ।

 

छापावाल सुन तोलामा एक लाख १६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार भने सुन प्रतितोला एक लाख १६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुन तोलामा एक लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

त्यसैगरी चाँदीको मूल्य भने आज स्थिर रहेको छ। चाँदी तोलामा एक हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Share: