क्यान्टोनमेन्टमा भ्रष्टाचार भएको छैन, प्रमाणित भए म आफैँ जेल जान तयार छु : प्रधानमन्त्री दाहाल

257
0
Share:

काठमान्डौ/प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी लडाकुलाई राखिएको क्यान्टोन्मेन्टमा भ्रष्टाचार भएको आरोप कपोलकल्पित र पूर्वाग्रही रहेको बताएका छन् । सदनमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले यस विषयमा कसैले उजुरी गरेर छानबिन गरेर जेल जान तयार रहेको बताएका हुन् ।

 

क्यानोन्टमेन्टमा रहेका लडाकुलाई दिएको रकमको सबैको रेकर्ड भएको दाबी गरे । राज्यबाट दिएको रकम अडिट भएर टुंगो लागेको विषय पटक पटक ल्याइएर राजनीतिकरण गर्न खोजेको उनले आरोप लगाए ।

 

भ्रष्टाचारका सबै मुद्दा छानबिन गर्न आफूहरू तयार रहेको उनले बताए ।

Share: