रौतहटमा छुरा प्रहार गरी खानको हत्या

Share:

काठमान्डौ/रौतहटमा छुरा प्रहार गरी एकजनाको हत्या गरिएको छ । गौर नगरपालिका–७ सिसवा गाउँमा गए राति छुरा प्रहार गरी ५० वर्षीय यार महमद खानको हत्या गरिएको हो ।

 

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरका अनुसार छिमेकी शेख साविरसित खानको झगडा भएको थियो । सो क्रममा साविरले खानको छातिमा छुरा प्रहार गरेका थिए । गम्भीर घाइते भएका खानलाई राति नै उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो । उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

 

गत वर्ष सम्पन्न स्थानीय तह निर्वाचनमा खान आफ्नो वडामा नेकपा ९एमाले० का तर्फबाट वडाध्यक्षका उम्मेदवार बनेका थिए । तर निर्वाचनमा उनी पराजित भएका थिए । छुरा प्रहारी गरी साविर भने फारार भएका छन् । उनको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

Share: