Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
घुस रकमसहित नापी कार्यालय लहानका अमिन यादव अख्तियारको नियन्त्रणमा – Lekhanpeeth

घुस रकमसहित नापी कार्यालय लहानका अमिन यादव अख्तियारको नियन्त्रणमा

Share:

काठमान्डौ/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अमिन दिपरन्जन यादवलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । आज (बुधबार) आयोगको कार्यालय बर्दिबासबाट खटिई गएको टोलीले नापी कार्यालय लहानमा कार्यरत अमिन यादवलाई सेवाग्राहीबाट लिएको दश हजार रुपैयाँ घुससहित रङ्गे हात पक्राउ गरेको हो ।

 

यादवले जग्गाधनी पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा गएको आयोगको टोलीले उक्त रकमसहित यादवलाई नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

 

पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Share: