राजश्व संकलन गर्न सरकारले अन्तर्राष्ट्रिय समुदाय गुहार्न मिल्छ ? : ओली

166
0
Share:

काठमान्डौ/आज संसद् बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा उनले राजश्व संकलन देशको आन्तरिक विषय भएको बताए ।गत जेठ १ गते प्रधानमन्त्री प्रचण्डले कूटनीतिक समुदायसँग छलफल गर्ने क्रममा देशको आर्थिक अवस्थाबारे ब्रिफिङ गरेका थिए । उक्त छलफलका क्रममा प्रधानमन्त्रीले राजश्व संकलनमा अप्ठेरो परिरहेको विषय उठाएको भन्दै ओलीले आपत्ति जनाएका हुन् ।

 

‘सरकार प्रमुखले दातृ समुदायसँगको ब्रिफिङमा राजश्व संकलन गर्न कठिनाइ भएको उल्लेख गर्न मिल्छ ? राजश्व संकलन गर्न पनि सरकारले अन्तर्राष्ट्रिय समुदाय गुहार्न मिल्छ ? राजश्व उठाउने अनिवार्य प्राथमिक कर्तव्य सरकारको होइन ?’ ओलीले प्रश्न गरे ।सरकार आफ्नो प्रारम्भिक कर्तव्यमै असफल भएको र त्यसको झलक नीति तथा कार्यक्रममा देखिएको उनले बताए ।

 

Share: