हिमपहिरोमा ३ जना बेपत्ता

Share:

काठमान्डौ/बझाङमा हिमपहिरोमा ३ जना बेपत्ता भएका छन् भने दुई जना घाइते छन् ।आइतबार बिहान सुर्मा गाउँपालिका–२ को धानशेरा भन्ने ठाउँमा हिमपहिरो जाँदा तीन जना बेपत्ता र दुई जना घाइते भएको खबर आएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) जागेश्वर भण्डारीले बताउनुभयाे ।

 

अहिले घटनास्थलतर्फ प्रहरी टोली गएको तर घटनास्थल निकै टाढा भएकाले टोली पुग्न समय लाग्ने उहाँको भनाइ छ ।

Share: