चिनियाँ दूतावासको टोली र रास्वपाको टोलीविच भेटवार्ता

219
0
Share:

काठमान्डौ/नेपालस्थित चिनियाँ दूतावासको एक टोली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पार्टी कार्यालयमा पुगेको छ ।बिहीबार डिसिएम वाङ शिन नेतृत्वको टोली वसुन्धरास्थित रास्वपाको पार्टी कार्यालयमा पुगेको हो ।

 

सो क्रममा दुई पक्षबीच नेपाल र चीनका आपसी चासोका विषयमा छलफल भएको रास्वपाले जनाएको छ । छलफलको क्रममा रास्वपाका उपसभापति डोल प्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य प्रतिभा रावललगायतको सहभागिता रहेका थिए ।

 

 

Share: