सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो

237
0
Share:

काठमान्डौ/नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २०० रुपैयाँले घटेको हो ।

 

आज छापावाल सुन तोलामा एक लाख आठ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन उक्त सुन तोलामा एक लाख आठ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

 

यस दिन तेजाबी सुन तोलामा एक लाख सात हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य भने १५ रुपैयाँले बढेको छ । आज चाँदी तोलामा एक हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Share: