Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
बढ्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? – Lekhanpeeth

बढ्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

256
0
Share:

काठमान्डौ/साताको चौँथो दिन नेपाली बजारमा सुन-चाँदीको मूल्य बढेको छ । यो साताको आइतबारदेखि मंगलबारसम्म स्थिर रहेको सुन-चाँदीको मूल्य आज बढेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन सय रुपैयाँ बढेर एक लाख ११ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

हिजोसम्म छापावाल सुन प्रतितोला एक लाख ११ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार सात सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

 

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँ बढेर एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजोसम्म चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको थियो ।

Share: