७० वर्षीया वृद्धालाई बलात्कार गर्ने वृद्ध पक्राउ

Share:

काठमान्डौ/बर्दियामा ७० वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्रोउ पर्नेमा मधुवन नगरपालिका–४, मधुवनगाउँ बस्ने ६० वर्षीय मंगाराम थारु छन् । उनलाई हिजो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय ढोढरीले जनाएको छ ।

 

प्रहरीका अनुसार थारुले ती महिलालाई शुक्रबार पीडितकै घरमा गई बलात्कार गरेको हो । उनलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

Share: