
काठमान्डौ/सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजको खेलमा जावलाखेल युथ क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा जावलाखेलले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–० गोल अन्तरले पराजित ग¥यो । जावलाखेलको जितमा एनकोटो मासोबीले दुई गोल गरे ।
उनले खेलको ५५ औँ मिनेटमा गोल गर्दै जाउलाखेललाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ७८ औँ मिनेटमा मोसाबीले व्यक्तिगत दोस्रो गोल गर्दै जावलाखेललाई २–० को जित दिलाए ।
जावलाखेल २३ खेलमा ३७ अङ्क जोड्दै अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान खेल खेलेको आर्मी ३० अङ्कका साथ अङ्क तालिकाको पाँचौँ स्थानमा रहेको छ ।