अर्थमन्त्री पौडेलले बोलाए गभर्नर सिफारिस समितिको बैठक

84
0
Share:

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गभर्नर सिफारिस समितिको बैठक बोलाएका छन् ।

गभर्नर सिफारिस समितिमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पाण्डे सदस्य छन् ।

यसअघिका सदस्य डा. विश्व पौडेलको राजीनामापछि समिति पुनर्गठन गरिएको थियो । बैठक नबसेको भन्दै पहिलो पटक बनेको समितिको सदस्यबाट डा. विजयनाथ भट्टराईले राजीनामा दिएका थिए । डा. पौडेल पनि राजीनामा दिएर आफैँ गभर्नरको दौडमा छन् ।

५ बजे मन्त्रिपरिषद् बैठक पनि बोलाइएकाले सम्भवतः आजै नेपाल राष्ट्र बैंकको १८औं गभर्नर नियुक्त हुने सम्भावना छ ।

पहिलो पटक बनेको सिफारिस समिति भंग गरेर दोस्रो पटक समिति बनेपछि आज बैठक बस्न लागेको अर्थमन्त्रीनिकट स्रोतले बतायो ।

Share: