रविको सांसद पदविरुद्ध परेको रिटको सुनुवाइ स्थगित

198
0
Share:

काठमान्डौ/रास्वपाका सभापति रवि लामिछानेविरुद्ध परेको रिटको सुनुवाइ स्थगित भएको छ । रविको मुद्दाको प्रारम्भिक सुनुवाइका लागि बुधबार पेसी तोकिए पनि उक्त रिट दैनिक पेसी सूचीबाट हटाइएको हो ।

 

कायम नरहेको नागरिकताको प्रतिलिपि प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका लामिछानेले नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै गत बुधबार रिट दर्ता भएको थियो ।

Share: