Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
महिला संगठन राप्रपाकी अध्यक्ष अन्जनाले छाडिन् पार्टी – Lekhanpeeth

महिला संगठन राप्रपाकी अध्यक्ष अन्जनाले छाडिन् पार्टी

168
0
Share:

काठमान्डौ/राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी अध्यक्ष अन्जना शाह रावलले पार्टी छाडेकी छन्। उनी गत वैशाख २५ गते काठमाडौंमा भएको महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएकी थिइन्। जिल्ला अधिवेशनहरू र केन्द्रीय अधिवेशन गरी उनी अध्यक्षमा निर्वाचित भएकी थिइन्।

 

त्यसअघि राप्रपाले उनलाई राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको तदर्थ समिति अध्यक्षमा २०७९ असार २ गते मनोनीत गरेको थियो। उनले पार्टीका महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरूङसमक्ष पदबाट राजीनामा दिएको उल्लेख गर्दै सामाजिक सञ्जाल फेसबुकमा राजीनामा पत्र नै सार्वजनिक गरेकी छन्।

 

राजीनामा पत्रमा बोधार्थ अध्यक्ष राजेन्द्र लिङ्देन र संयोजित संगठन समन्वय विभागका प्रमुख गोपाल दाहाललाई दिइएको छ। आफ्ना सहकर्मीलाई आफ्ना कारणले कामकाजमा अप्ठेरो परेको भन्दै उनले बुधबार राजीनामा दिएकी हुन्।

 

उनले राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको अध्यक्ष, राप्रपाको साधारण सदस्यबाटै आफूले राजीनामा दिएको उल्लेख गरेकी छन्।

Share: