थाइराइड भनेको के हो ? यसबाट कसरी बच्ने, कस्तो खानेकुरा खाने ?

Share:

काठमान्डौ/पछिल्लो समय नेपालमा थाइराइडको समस्या पीडितको संख्या बढ्दै गएको पाइन्छ । कुनै समय थाइराइड महिलामा लाग्ने रोगका रुपमा परिचित थियो तर यो रोग पछिल्लो समय महिला, पुरुष र बालबालिकामा समेत देखा पर्दै आएको चिकित्सकहरु बताउँछन् ।

 

थाइराइड हाम्रो शरीरको अत्यन्तै महत्वपूर्ण अङ्ग हो । सामान्य भाषामा थाइराइड भनेको गलगाँड हो । धेरैले यसलाई नयाँ रोगको रूपमा लिन्छन् । थाइराइड भनेको एउटा ग्रन्थी हो । यो एउटा सानो पुतली आकारको अङ्ग हो । यो हाम्रो घाँटीको अगाडिको भागमा हुन्छ । रुद्रघण्टीको ठिक तल रहेको यो ग्रन्थीले थाइरोक्सिन (टी–३) र ट्राइआयोडो थाइरोनिन (टी–४) हर्मोन उत्पादन गर्छ । सोही हर्मोनले नै हाम्रो शरीरको अंगको क्रियाकलापलाई नियन्त्रण गर्छ । तसर्थ सजिलोका लागि थाइराइड ड्राइभर हो भने हाम्रो अन्य अङ्ग मोटर हो ।

 

हाम्रो शरिरमा थाइराइड घट्ने र बढ्ने हुन्छ । थाइराइड ग्रन्थी धेरै चलाइयो भने हाइपर थाइराइड हुन्छ भने थाइराइडले गर्नुपर्ने भन्दा कम काम गर्याे भने हाइपो थाइराइड हुन्छ । हाइपर थाइराइड भयो भने मान्छे दुब्लाउँछ र हाइपो थाइराइड भयो भने मान्छे मोटाउँछ । हर्मोन बढी उत्पादन हुनुलाई हाइपर थाइरोइडिज्म भनिन्छ भने कम हर्मोन उत्पादन गर्ने कामलाई हाइपो थाइरोडिज्म भनिन्छ ।

 

यो शरीरको आफ्नै कारण (अटो इम्युन) ले हुने रोग हो । यसमा शरीरले एन्टिबडी बनाएर थाइराइडलाई काम गर्न दिँदैन । कहिलेकाहीँ रुघाखोकी वा घाँटी दुख्ने भएमा र कतिपय अवस्थामा सुत्केरी समयमा पनि थाइराइड हर्मोनको गडबडी देखिन्छ । तर, केही समयपछि यो समस्या आफैँ निको भएर जान्छ । कसैलाई मुटु र डिप्रेसनको औषधिका कारण पनि थाइराइडको समस्या हुने हुन्छ ।

 

महिलामा रोग प्रतिरोधात्मक क्षमतामा हुने गडबडीले यो रोग बढी महिलालाई भएको पाइएको छ । महिला र पुरुषको अनुपातमा हेर्दा १० जना महिलामा देखिएमा एकजना पुरुषमा देखिने गरेको चिकित्सकहरुको भनाई छ । थाइराइड दुई प्रकारको हुन्छ ।

१ हाइपो थाइराइड

२ हाइपर थाइराइड

यि हुन् थाइराइडका लक्षण :

१ कपाल झर्नु

२ छिटोछिटो महिनावारी हुनु र अत्यधिक रक्तश्राव

३ गलगाँड आउनु

४ तनाव हुनु

५ अस्वाभाविक रूपमा तौल बढ्नु

६ छाला फुस्रो हुनु

७ मुटुको गति सुस्त हुनु

८ चाँडो थकाई लाग्नु

९ मुड छिनछिनमा परिवर्तन भइरहनु र कमजोर (स्मरणक्षमता)

१० चिसो लाग्नु

११ आवाजमा भारीपन बढ्नु

१२ बिर्सने बानी

थाइराइडबाट बच्न के गर्ने ?

१ चिनीको मात्रा कम प्रयोग गर्ने

२ धूमपान नगर्ने

३ पोषणयुक्त खानेकुरा खाने

४ गर्भावस्थामा विशेष ख्याल राख्ने

५ उमेरअनुसार भिटामिन र आयोडिनको मात्रा लिने

थाइराइड हुन नदिन यि खानेकुरा खानुहोस् :

१. थाइराइडलाई नियन्त्रण गर्न दैनिक दुधमा बेसार पकाएर खाने गर्नुपर्छ । बेसार हालेको दुध यसका लागि धेरै प्रभावकारी हुन्छ ।

२. दैनिक खाली पेटमा लौकाको जुस पिउने गर्दा पनि थाइराइडबाट टाढा रहन सकिन्छ । यो जुस पिएपछि आधा घण्टासम्म अरु केही नखाइ बस्नुपर्छ ।

३. दुई चम्चा तुलसीको रसमा आधा चम्चा घिउकुमारीको रस मिसाएर खाने गर्दा पनि यस समस्याबाट छुटकारा पाउन सकिन्छ ।

४. थाइराइडबाट मुक्त हुने अर्को तरिका भनेको प्याजको मजास हो । प्याजलाई बीचबाट काटेर दुई टुक्रा पार्ने अनि सुत्नुअघि थाइरोइड ग्रन्थिको वरिपरि त्यसले मजास गर्ने । यसरी प्याजको रस नधोइकन राखिरहने हो भने पनि यसबाट धेरै राहत पाउन सकिन्छ ।

५. थाइराइडको उपचारका लागि मरिच पनि धेरै फाइदाजनक मानिन्छ । कुनैपनि तरिकाले दैनिक मरिच सेवन गर्ने गर्दा धेरै लाभ पाउन सकिन्छ ।

६. बदाम र ओखरमा पाइने सेलेनियम नामक तत्व थाइरोइडको उपचारका लागि धेरै उपयोगी मानिन्छन् । अझ हाइपोथाइरोइड (थाइराइड हर्मोन वृद्धि हुनु) का लागि यो उपाय सबैभन्दा बढी प्रभावकारी साबित हुने गर्छ ।

७. कागतीको पत्ता नियमित सेवन गर्ने गर्दा थाइरोक्सिन अत्याधिक मात्रामा बन्न पाउँदैन । त्यसकारण यसलाई दैनिक चियामा राखेर सेवन गर्दा धेरै राहत गराउँछ ।

Share: