नेपालद्वारा मलेसियालाई १११ रनको लक्ष्य

171
0
Share:

काठमान्डौ/नेपाली महिला क्रिकेट टोलीले मलेसियालाई १ सय ११ रनको विजयी लक्ष्य दिएको छ । मलेसियासँगको तेस्रो टी–२० आईमा युकेएम ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ५ विकेट गुमाएर ११० रन बनायो ।

 

नेपालका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक २७ रन बनाइन्। ज्योति पाण्डेले २३ रन बनाउँदा सिता राना मगरले २१ र इन्दु बर्माले २० रन बनाए ।

 

मलेसियाका लागि निक नुरले २ तथा एइसा एलिसा र विनफ्रेड एनीले एकरएक विकेट लिए । नेपाल पहिलो खेलमा मलेसियासँग पाँच विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो। पाँच खेलको शृङ्खलामा १र१को बराबरी भएको छ ।

Share: