मधुमेह के हो ? यसबाट बच्न के गर्ने, कस्तो खाना खाने ?

Share:

काठमान्डौ/पछिल्लो समय जीवन यापनमा आइरहेको परिवर्तन, विलासी जीवलशैली तथा भौतिक मेहनतमा अल्छी गर्नाले नेपालमा दिनप्रतिदिन मधुमेहका बिरामी बढ्दै गएको छ ।

 

मधुमेहलाई सामान्य बोलीचालीको भाषामा चिनिको रोग भन्ने गरिन्छ । रगतमा ग्लुकोजको मात्रा बढि भएपछि हुने रोग नै मधुमेह हो । प्यांक्रियाज नामक ग्रन्थिबाट उत्पादन हुने इन्सुलिन हर्मोनको घटबढले गर्दा मधुमेह हुन्छ ।

 

इन्सुलिनले चिनि अर्थात कार्बोहाइड्रेटलाई पचाउने काम गर्छ र रगतमा यसको मात्रा सन्तुलित र नियमित गर्ने गर्छ । तर जब इन्सुलिन उत्पादन हुन छाड्छ रगतमा चिनिको मात्रा बढ्न थाल्छ । प्यांक्रियाजले प्रयाप्त इन्सुलिन उत्पादन नगर्दा वा शरिरले इन्सुलिनको उपयोग गर्न नसक्दा मधुमेह हुन्छ ।

 

विश्वमा करीब २२ करोड मानिस मधुमेहबाट प्रभावित रहेको र आगामी २०३० सम्ममा यो संख्या दोब्बर हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपालमा पनि ४० वर्षसम्म उमेर समूहका करीब १५ प्रतिशत मानिस मधुमेहबाट ग्रसित रहेको र सो उमेर समूहभन्दा माथिका करीब १९ प्रतिशत मानिसहरु मधुमेहबाट पिडित रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

 

ग्रामिण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा मधुमेह प्रमुख स्वास्थ्य समस्याको रुपमा देखा पर्दै आएको छ । नेपालको ग्रामिण क्षेत्रमा दुई प्रतिशत व्यक्ति मधुमेहबाट प्रभावित भएका छन् भने विश्वमा मधुमेहबाट ५ प्रतिशत मानिसहरुको मृत्यु हुने गरेको विभिन्न अनुसन्धानहरुले देखाएको छ । यदि तत्काल कुनै प्रभावकारी कदम नचालिएमा आउँदो १० वर्षमा मधुमेहबाट ज्यान गुमाउनेको संख्या ५० प्रतिशतले बढ्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

 

मधुमेहका रोगीमा अन्धोपन हुनसक्ने सम्भावना अत्यधिक रहेको हुन्छ । करीब १५ वर्षसम्म मधुमेहबाट ग्रसित बनेको करीब २ प्रतिसत रोगीमा पुर्ण रुपमा दृष्टिविहिन हुने सम्भावना रहेको हुन्छ । रगतमा भएको अध्यधिक ग्लुकोजले आखाको रेटिनामा भएको रक्तनलीमा क्षति पुर्याउनुका साथै स्नायु प्रणालीको मुख्य अंग मस्तिष्कमा पनि बसर गर्ने गर्दछ । मधुमेहका रोगीमा मृगौलाको रोग हुने सम्भावना पनि अत्यधिक रहेको हुन्छ । मधुमेहका कारण मुटुका विभिन्न रोग देखिने समस्या धेरै रहेको हुन्छ । करीब ५० प्रतिशत मधुमेहका रोगी मुटु तथा नशा सम्बन्धी रोगका कारण मर्ने एक अध्ययनले देखाएको छ ।

 

मधुमेह के कारणले हुन्छ ?

 

१. आनुवांशिक कारण, बाबु आमामा मधुमेह भएको खण्डमा छोराछोरीमा पनि सर्ने सम्भावना २० प्रतिशत रहेको चिकित्सकहरु बताउँछन् । तसर्थ अभिभावकबाट सन्तानमा मधुमेह सर्न सक्ने सम्भावना हुन्छ ।

२. बढि मोटो हनु र आवश्यक भन्दा बढि तौल हुँदा मधुमेह हुने सम्भावना बढि हुन्छ ।

३. भाइरसको संक्रमणः यो मधुमेहको प्रमुख कारक हो । प्यांक्रियाजको विटा कोश (जसले इन्सुलिन उत्पादन गर्छ )मा भाइरसको संक्रमण हुँदा इन्सुलिनको उत्पादन हुन सक्दैन जसको कारण मधुमेह हुन्छ ।

४. शारिरीक व्यायामको कमी, अस्वस्थ खानपिन, उच्च रक्तचाप र रगतमा बढि कोलेस्टेरोल हुनु मधुमेहका कारण हुन् ।

मधुमेह तीन प्रकारको हुन्छ ।

१ पहिलो प्रकार : यो सामान्यतया बालबालिकामा हुने गर्छ । जहा इन्सुलिनको उत्पादन शुन्य अर्थात अत्यन्त न्युन हुन्छ । रोगीलाई बचाउन कृत्रिम रुपमा इन्जेक्सनद्धारा इन्सुलिन दिनुपर्ने हुन्छ ।

२ दोस्रो प्रकारः यो सामान्यतया प्रौढ अवस्थामा हुने गर्छ र विश्वमा भएका मधुमेही मध्ये धेरै यही प्रकारको मधुमेहका रोगी रहेका छन् । यसमा प्यांक्रियाजले कम इन्सुलिन उत्पादन गर्छ र सरिरले पनि इन्सुलिनको ग्रहण गर्न असक्षम हुन्छ । उमेर बढ्दै जादा यो प्रकारको मधुमेहबाट व्यक्ति ग्रसित बन्ने गर्छन् ।

३ जेस्टेसनल मधुमेहः गर्भबती महिलाहरुमा जुनैपनि बेला रगतमा चिनिको मात्रा उच्च हुनगइ मधुमेह हुन जान्छ । यस्तो प्रकारको मधुमेहलाई जेस्टेसनल मधुमेह भनिन्छ ।

मधुमेहका लक्षण :

१. छिटो छिटो पिसाव लाग्ने र तिर्खालाग्ने

२. बढि भोक लाग्ने , आखा तिरमिराउने

३. शरिरको वजन घट्ने , थकाइ महसुस हुने

४. वाकवाकी लाग्ने

५. लामो समयसम्म चोटपटक निको नहुने

५. हात खुट्टा झमझमाउनु , रिंगटा लाग्नु

मधुमेहको उपचार कसरी गर्ने ?

मधुमेहको उपचार सम्भव हुँदैन । यो रोगलागिसकेपछि रोगीको आयु बढाउने अर्थात् यो रोगको व्यवस्थापन गर्ने विकल्प मात्र बाँकी रहन्छ । मधुमेहको व्यवस्थापन भनेकै रगतमा भएको चिनिको मात्रा घटाउनु हो र रक्तकोशमा क्षति पुर्याउने अन्य तत्वको निवारण गर्नु हो ।

१. इन्सुलिनको मात्रा यथावत राखी रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्न अस्पतालमा उपचार गरी खोपमार्फत नियमित इन्सुलिन लिने

२. रक्तचाप नियन्त्रण गर्ने

३. खानामा विशेष ध्यान पुराउने , बढि कार्वोहाइड्रेट भएका खानेकुराको सेवन नगर्ने

४. धुम्रपान र मध्यपान त्याग्ने

५. बढि चिल्लो युक्त पदार्थको सेवन नगर्ने

६. सन्तुलित र नियमित भोजन लिने , नियमित व्यायाम गर्ने

Share: