बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

208
0
Share:

काठमान्डौ/साताको अीनतम दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । बिहीबाको तुलनामा आज सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

आज सुन प्रतितोला एक लाख १३ हजार तीन सय रुपैयाँ पुगेको छ । यो मूल्य पछिल्लो रेकर्डभन्दा आठ सय रुपैयाँ बढी हो । यो मूल्य हाल सम्मकै उच्च हो ।

 

त्यस्तै, आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार नौ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

 

त्यसैगरी, शुक्रबार पनि चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा किनबेच भएको थियो ।, यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रुपैयाँ बढेको हो ।

Share: