
काठमान्डौ/नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।संसदमा पेश नै नगरी मन्त्रिपरिषद्को सिफारिसमा पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेपछि त्यसविरुद्ध वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र सुरेन्द्र भण्डारीले सर्वोच्चमा रिट हाल्नुभएको हो।
नागरिकता विधेयक प्रमाणीकरण अवैधानिक भएको जिकिरसहित लागु नगर्न/नगराउन माग गरिएको छ।रिटमा नागरिकताको विषय राष्ट्रियतासँग जोडिएकाले यसबारे अलग्गै नीति चाहिने पनि भनिएको छ।रिट निवेदकहरुले नेपालीहरु नागरिकताबाट वञ्चित नहुने र विदेशीले नागरिकता नपाउने व्यवस्था हुनुपर्ने पनि माग गरेका छन्।
सर्वोच्चका प्रवक्ता बिमल पौडेलले बिहीबार सर्वोच्चमा पेश भएको रिट आज (शुक्रबार) दर्ता भएको जानकारी दिएका छन् ।वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र डा. सुरेन्द्र भण्डारीले नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध रिट निवेदन दर्ता गराएका हुन्।
यो पनि पढ्नुहोस् :
नागरिकता विधेयक प्रमाणीकरणको नालीबेली! प्रमाणीकरण संवैधानिक कि असंवैधानिक ?