मलेसियाद्वारा नेपाललाई ११० रनको लक्ष्य

180
0
Share:

काठमान्डौ/पाँच खेलको महिला टी-२० आई शृङ्खलाअन्तर्गत अन्तिम खेलमा मलेसियाले नेपाललाई ११० रनको लक्ष्य दिएको छ । घरेलु टोली मलेसियालाई निर्धारित पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा १०९ रन बनाएको हो ।

 

मलेसियाका लागि वान जुलियाले ४७, विनिफ्रेड डुराइसिंगमले २४, महिराह इज्जाती इस्माइलले २० रन, ऐना हशिमले ६ रन बनाइन् ।

 

बलिङतर्फ नेपालकी कविता जोशीले २ र ईश्वरी विष्टले एक विकेट लिइन् । यसअघि भएका चार खेलमा नेपाल र मलेसियाले शृङ्खला २र२ को बराबरी गरेका छन् । आजको खेल जित्नेले शृङ्खला जित्नेछ ।

Share: