
काठमान्डौ/नेकपा (एमाले)ले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ ।राष्ट्रपति रामचन्द्र पौडेलले असंवैधानिक ढंगले नागरिकता विधेयक प्रमाणीकरण गरेको, प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा आफ्नो नेपाली भूमि भारतसँग साटने काम गरेको विरोधमा आइताबार बसेको प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको हो ।
बैठकका बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले राष्ट्रपतिले प्रमाणिकरण गरेको विधेयक निष्क्रिय बनाई एक हप्ताभित्र सरकारले संसदले अर्को विधेयक नल्याएसम्म संसद बैठक चल्न नदिने चेतावनी दिएका छन् ।
अहिले संसदमा नेकपा एमाले राप्रपा लगाएतका दलले संसदमा विरोध गर्दै नागरिकता विधयक खारेज गर भन्दै नारा वाजी गरेका हुन्। विरोध पछि संसदको बैठक आज नै १ घण्टा पछि बस्ने गरी सभामुखले बैठक स्थाकीत गरेका छन्।
प्रधानमन्त्रीको भारत भ्रमणमा रास्ट्र हित विपरीत कार्य भएको र नीति विपरित नागरिकता विधयक प्रमानिकरण गरिएको जवाफ नदिई संसदको नियमित कार्य अगि नबडाऊन माग गर्दै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले स्थगन प्रस्तावको सुचना पेस गरेका हुन्।