
काठमान्डौ/प्रतिनिधिसभाको अवरोध हटाउन सहमति जुटेको छ । सोमबार सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँग गरेको छलफलपछि बैठकको अवरोध हटाउने सहमति जुटेको उनको सचिवालयले जनाएको छ ।
आइतबार नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले सदन अवरुद्ध पारेका थिए । आजको बैठकको सुरुमा प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले सदनमा उठेका विषयको जवाफ दिनेछन् ।