उडिरहेको जहाजभित्र भिडियो बनाउने बुद्ध एयरका पाइलट कारबाहीमा

272
0
Share:

काठमान्डौ/नेपाल नागरिक उड्डयन प्राधिकरणले उडिरहेको जहाजभित्र फोटो र भिडियो खिच्ने बुद्ध एयरका पाइलटलाई कारबाही गरेको छ ।

 

तीन दिनअघि प्राधिकरणमा उजुरी परेपछि अर्को सूचना नआउन्जेलसम्मका लागि ती पाइलटलाई कारबाही गरिएको प्राधिकरणका सूचना अधिकारी जगन्नाथ निरौलाले जानकारी दिए ।

 

प्राधिकरणले उडानको क्रममा भिडियो बनाउन र फोटा खिच्न रोक लगाएको छ ।

Share: