काठमाडौंबाट धनगढीतर्फ उडेको श्री एयरलाइन्सको जहाज ३० मिनेट आकाशमै घुमेर काठमाडौं फर्कियो

Share:
shree airlince

काठमान्डौ/काठमाडौंबाट धनगढीतर्फ उठेको श्री एयरलाइन्सको जहाज अचानक समस्या आएपछि काठमाडौं फर्किएको छ ।उडिरहेको विमानको ढोका आकाशमै अचानक खुलेपछि ३० मिनेट आकाशमै घुमाएर काठमाडौं फर्काइएको हो ।

 

प्राविधिक समस्याका कारण एक्कासि आकाशमै ढोका खुलेको जानकारी प्राप्त भएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताए ।उनका अनुसार जहाज उडेको १० मिनेटमै एयर प्रेसर फेलियर भएको थियो ।

 

भित्र र बाहिरको हावाको चाप नियन्त्रण गर्ने क्रममा प्राविधिक समस्या आएर विमानको ढोका खुलेको हो ।

Share: