उत्तरपश्चिम पाकिस्तानमा आतङ्कवादीसँगको गोली हानाहानमा एक सैनिकको मृत्यु

186
0
Share:

काठमान्डौ/पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा आतङ्कवादीहरूसँगको गोली हानाहानमा एकजना पाकिस्तानी सैनिकको मृत्यु भएको पाकिस्तानी सेनाले जनाएको छ ।

 

पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर (सर्भिसेस पब्लिक रिलेसन्स) (आईएसपीआर)ले सोमबार अफगानिस्तानसँग सीमा जोडिएको जिल्ला दक्षिण वजिरिस्तानको लधा क्षेत्रमा गोलीबारी भएको जनाएको छ ।

 

घटनापछि सो क्षेत्रमा फेला परेका अन्य आतङ्कवादीहरूलाई हटाउनका लागि सो क्षेत्रको कारबाही थालिएको छ । पाकिस्तानी सुरक्षा बलहरू देशबाट आतङ्कवादको खतरा हटाउन कटिबद्ध रेहेको पनि सेनाले जनाएको छ ।

Share: