सुनको मूल्य बढ्दा चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

289
0
Share:

काठमान्डौ/नेपाली बजारमा बुधबार सुनको भाउ बढेको छ भने चाँदीको भाउ स्थिर रहेको छ । अघिल्लो कारोबार दिन अर्थात् मंगलबार प्रतितोला नौ सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला दुई सय रुपैयाँ बढेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

मंगलबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार नौ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

 

त्यसैगरी, बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो ।

 

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ६४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Share: