विश्व महानगर सम्मेलनमा भाग लिन बेल्जियम जाँदै बालेन शाह, मन्त्रिपरिषद्‍द्वारा स्वीकृति

582
0
Share:

काठमान्डौ/काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको बेल्जियम भ्रमण स्वीकृत भएको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले शाहको भ्रमण स्वीकृत गरेको बैठकपछि सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

 

जेठ २९ गतेदेखि ३२ गतेसम्म महानगरपालिकाहरूको विश्व शिखर सम्मेलनमा भाग लिन बालेन ब्रसेल्स जाँदै छन् ।

Share: