कुटपिट गरी प्रेमिकाको हत्या, प्रेमी पक्राउ

163
0
Share:

काठमान्डौ/काठमाडौँमा एक जना युवतीको कुटपिट गरी हत्या भएको छ । काठमाडौँ महानगरपालिका-२६ ठमेल भगवतीवहाल डेरा गरी बस्ने चितवन राप्ती नगरपालिका-७ घर भएकी २६ वर्षीया जेनिशा तामाङको हत्या गरिएको प्रहरीले जनाएको छ ।

 

हत्याको अभियोगमा सोही ठाउँ डेरा गरी बस्ने काभ्रे धुलिखेल नगरपालिका-१० घर भएका ३० वर्षीय अमर रञ्जितकारलाई प्रहरीले पक्राउ गरेको हो ।

 

उनीहरूबीच आपसी विवाद भई झै-झगडा एवम् कुटपिट हुँदा गम्भीर घाइते भएकी जेनिशाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न रञ्जितकारलाई पक्राउ गरेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

Share: