Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
ललिता निवास प्रकरण : थप दुई जना पक्राउ, पक्राउ पर्नेको संख्या २२ पुग्यो – Lekhanpeeth

ललिता निवास प्रकरण : थप दुई जना पक्राउ, पक्राउ पर्नेको संख्या २२ पुग्यो

317
0
Share:

काठमान्डौ/बालुवाटारस्थित सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा पास गर्ने प्रकरणमा संलग्न रहेको आरोपमा थप २ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले ललितपुरबाट २ जना नक्कली मोहीलाई पक्राउ गरेको हो ।

 

पक्राउ पर्नेमा कुपन्डोलका सञ्जय महर्जन र सकुलानन्द महर्जन रहेका छन् । योसँगै उक्त प्रकरणमा पक्राउ पर्नेहरुको संख्या २२ पुगेको छ । यी मध्ये सचिव कृष्णबहादुर राउत मात्रै हिरासत बाहिर रहेका छन् । भने २१ जनालाई अदालतको अनुमतिमा हिरासतमा राखेर प्रहरीले छानविन गरिरहेको छ ।

 

हाल भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ, धर्मप्रसाद गौतम, सुधिरकुमार शाह, गोपाल कार्की, शिवजी भट्टराई, घमन कुमार कार्की, बाबुराजा महर्जन, रमेशकुमार पोखरेल, देवनारायण महर्जन, लोकहरि घिमिरे, धुर्वप्रसाद अर्याल, नारायण राज मिश्र, योगराज पौडेल, रुद्रकुमार श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, विनोदप्रसाद पौडेल, केशव तुलाधर, अरुणकुमार श्रेष्ठ र सिपिका खेतान पनि हिरासतमा छन् ।

 

सीआईबीले उनीहरुविरुद्ध कीर्ते र संगठित अपराधको कसुरमा हिरासतमा राखेर अनुसन्धान गरिरहेको जनाएको छ।

Share: