
काठमान्डौ नेप्से सूचक बुधबार ४.६८ अंकले बढेर १९३२.३३ विन्दूमा आएको छ । यस दिन २ अर्ब ३६ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।
नेप्से सूचक सकारात्मक भएपछि खरिदबिक्री रकममा पनि वृद्धि भएको छ । आज युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
यस दिन २६१ कम्पनीको ६५ लाख ४१ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको छ । १० करोड रुपैयाँभन्दा बढी रकमसहित कारोबार रकममा सोल्टी होटल अगाडि आएको छ ।
यसैगरी दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र नागरिक लगानी कोष परेका छन् । यद्यपि शेयर बजारको तीब्र वृद्धि भने अझै पनि भएको छैन ।