
काठमान्डौ/नेपाली राष्ट्रिय क्रिकेट टिमले आज स्कटल्यान्डसँग अभ्यास खेल खेल्दैछ। एकदिवसीय विश्वकप छनोटको तयारी स्वरूप नेपालले यो अभ्यास खेल खेल्न लागेको हो ।
दक्षिण अफ्रिकामा खेलिने यस खेल नेपाली समय अनुसार दिउँसो १स्१५ बजे सुरु हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
नेपालले गत फागुनमा काठमाडौंमा भएको आईसीसी विश्वकप लिग २ अन्तर्गतको दुवै खेलमा स्कटल्यान्डलाई हराएको थियो । लिग २ का पछिल्ला १२ मध्ये ११ खेल जित्दै नेपाल विश्वकप छनोटमा पुगेको हो ।
यसै महिना जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट तयारीमा लागि नेपाली टिम हाल दक्षिण अफ्रिकामा छ । यसपछि नेपालले शनिबार नेदरल्यान्ड्ससँग दोस्रो अभ्यास खेल खेल्नेछ भने यसपछि जिम्बावे प्रस्थान गर्नेछ ।