१२ करोड माथी बेरुजु भएको धुलिखेलमा भ्रस्टाचारको आशङ्का, राजनैतिक दलले जारीगरे संयुक्त विज्ञप्ति, पालिका र मेयर मौन ? (विज्ञप्तिसहित)

Share:

काठमान्डौ/काभ्रेको धुलिखेल नगरपालिकामा आव २०७९/८० को बैशाख महिना सम्मको नगरको आय ब्ययको विवरण बाहिरीएको छ। नगरले आधिकारिक रुपमा सार्वजनिक नगरी विवरण सार्वजनिक भएको हो।सोहि बाहिरीएको विवरण हेर्दा नगरमा अनियमितता भएको भन्दै धुलिखेल नगरका राजनैतिक दलहरु नेपालि काग्रेस नेकपा एकीकृत समाजवादी र मावोबादीले संयुक्त विज्ञाप्ति जारी गरेका छन्। विज्ञाप्ति जारी गर्दै नगरमा चालु आवको बैशाख सम्ममा अस्वाभाविक खर्च भएको र कृतिम खर्च विवरण भएको सम्म शङ्गका ब्यक्त गरिएको छ। र नगरले तत्काल आय र व्ययको विवरण चितबुझ्दो तरिकाबाट सार्वजनिक नगरेमा नगरपालिका विरुद्ध थप विरोधका कार्यक्रम तय गर्ने चेतावनी दिएका छन्।

 

केहि दिन देखि घुलिखेल नगरमा अनिमितता भएको भन्दै सामाजिक संजालभर गुनासो र आय व्ययको विवरण छरपस्ट भएको छ। जस अन्तर्गत नगरले विविध खर्चको शिर्षक अन्तर्गत रहेर पालिकाले इन्धन प्रयोजनका लागि मात्र गत श्रावण देखि बैशाख सम्मको भुक्तानी मात्र ३२ लाख ५७ हजार ७७८ रकम खर्च भै भुक्तानी भएको विवरण सार्वजनिक भएको छ । संगै नगरले मेसीनरी तथा गाडी मर्मत शिर्षकमा समेत अनपेक्षीत खर्च विवरण उल्लेख गरीएको जन गुनासो छ।

 

चालु आव २०७९/८० को अन्य कार्यालय संचालन खर्च शिर्षकमा मात्र २०७९/०६ /१२ गते देखि २०७९/१२/०१ गते सम्म करिब ६ महिनामा मात्र नगरले ७ लाख ६६ हजार ४ सय ६३ रुपैया खर्च भएको देखिन्छ।तेस्तै नगरले चालु आव कार्यक्रम खर्च शिर्षकमा मिति २०७९/०६/११ देखि २०७९/११/१५ सम्म महिनामा मात्र ३ लाख २५ हजार ७ सय २६ रुपैया खर्च गरेको विवरणमा उल्लेख छ।चालु आवमै नगरले सवारी साधन तथा मेसिनरी औजार भाडा शिर्षकमा मात्र २०७९/०८/११ देखी २०७९/१२/१३ सम्ममा ३ लाख ४६ हजार ५ सय ५५ रुपैया खर्च गरेको देखिन्छ।

 

नगरपालिका र मेयर चुप ? 

नगरका आन्तरिक खर्चका विवरण सामाजिक सन्जाल भर छरपस्ट हुदा सम्म नगरपालिका भने चुप बसेको छ। लगातार नगरले गरेको खर्चमा अनियमितता र भ्रस्टाचार भएको गुनासो आम सर्वासाधारनण बाट उठ्दा सम्म नगरको मैनताले भने थप शङ्का उत्पन्न गरेको छ। नगरका राजनैतिक दलहरुबाट नै प्रस्न उठ्दा सम्मपनि नगरपालिकाले बाहिरिएका विवरण साचो यो या हैन भने यकिन जनकारी दिएको छैन। नगर चुप बस्दा नगरभित्र भ्रस्टाचार मौलाउदै गएको धेरैले आकलन गरेका छन्।

 

सदैब भ्रस्टाचार विरूद चर्को बोल्ने र भ्रस्टाचार विरुद्ध नगरले सुन्य साहनशिलताको नीति अबलम्बन गर्दै अघी बढ्ने बाचा गर्ने गरेका मेयर अशोक ब्यान्जु श्रेष्ठ यसपटक  चुप बस्नुले र नगरले अन्य दलले विज्ञप्ति जारी गरी पुजीगत खर्च तर्फका खर्चहरु अस्वाभाविक खर्च र कृतिम लागेको भन्दा पनि मेयर कीन चुप छन् भन्ने मा सबैको चासो बढेको छ। विज्ञप्तिमा उल्लेख भए बमोजिम मेयर ब्यान्जुले नगरको यस आवका खर्च विवरण सार्वजनिक गर्लान या नगर्लान भने अहिले सर्वत्र चासोको विषय बनेको छ।

 

दोस्रो पटक नगरको नेतृत्व गरीरहेका मेयर ब्यान्जु प्राय खरो बोल्ने मेयरमा पर्दछन उनि नगरपालिका महासंङको नेतृत्व सम्म गरेका नेता हुन्। उनीले अब वाहिरिएका विवरण नगरका आधिकारिक हुन् होईनन भन्ने तथ्य सार्वजानिक गरेमा नगरले अवलम्बन गर्नुपर्न सार्वजनिक सुनुवाईको पाटो समेत पुरा हुने छ। यधपी सत्य तथ्य विवरण नगरले सार्वजनिक नगरेमा मेयरले बोल्दै आएको सुन्य भ्रस्टाचारको नीति अव्बलम्बन गर्छु भन्नु उनको फोस्रो नारा र सस्तो लोकप्रीयताका लागी गरेको भाषणमा नै सिमित हुने छ।

 

नगरले पनि सत्य तथ्य सार्वानिक गरी आम नागरिकको सुचनाको हकलाई आत्मसाथ गर्दै नागरिकलाई सुचनाको हकको पत्याभुती गराउनु धुलिखेल नगरको दायित्व हो। नगर र मेयर ब्यान्जुले आफ्नो दायित्वबोध गरी सत्य तथ्य बाहीर ल्याउनु अपरिहार्य छ। अब नगर र मेयर ब्यान्जुले विवरण सार्वजनिक गर्छन या विज्ञप्तिको खण्डन गर्छन त्यो भने हेर्न बाकि छ। सत्य तथ्य बाहिर ल्याएर नागरिकको सुचना पाउने हकलाई स्थापित गर्न नगरले प्रभावकारी कदम चाल्नु आवस्यक छ।

विवरण :-

बेरुजु १२ करोड ८३ लाख माथी, पेश्की मात्र २ करोड ८ लाख :-

 

महालेखा कार्यालयको प्रतिवेदनका आधारमा गत आव सम्म नगर बाकी कुल बेरुजु १० करोड आठ लाख ३५ हजार थियो। र यस आवको बेरुजु सहित नगरको कुल बेरुजु १२ करोड ८३ लाख २१ हजार पुगेको हो।नगरको बेरुजु महालेखा कार्यालयको प्रतिवेदन अनुसार आर्थिक बर्ष २०७८/७९ नगरपालिकाको बेरुजु ३ करोड ३१ लाख ८७ हजार देखिएको छ। प्रतिवेदन अनुसार बेरुजु रकम सम्बन्धि कुनै प्रतिक्रिया नआएकाले बेरुजु कायम रहने जानकारी प्रतिवेदनमा उल्लेख छ।

 

जस अन्तर्गत बाकी असुल गर्नपर्नेमा २४ लाख ७ हजार रहेको छ भने कागजात पेश गर्नु पर्नेमा ७३ लाख ३५ हजार ,नियमित गर्नु पर्नेमा २५ लाख ४९ हजार रहेको छ। जसमा नगरले पेश्की बापत मात्र एक आवमा २ करोड ८ लाख ९६ हजार दिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ।

 

विज्ञप्ति : –

यो पनि पढ्नुहोस :-

धुलिखेलको बेरुजु १२ करोड ८३ लाख माथी, पेश्की मात्र २ करोड ८ लाख

 

Share: