टेकु ल्यावका अधिकृत ५० हजार घुससहित पक्राउ

140
0
Share:

काठमान्डौ/राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कार्यरत् अधिकृत छैठौं तहका ल्याव टेक्निसियन लेखनाथ भट्टराई घुसहित पक्राउ परेका छन् ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई शुक्रबार बिहान सेवाग्राहीबाट ५० हजार घुस लिँदै गरेको अवस्थामा शंखमुलबाट नियन्त्रणमा लिइएको हो । भट्टराईले ल्याव दर्ता प्रक्रियाका लागि सहजीकरण गरिदिने भन्दै घुस मागेको अख्तियार स्रोतले बताएको छ ।

 

घुस रकमसहित नियन्त्रणमा लिइएका भट्टराईमाथि आवश्यक छानबिन भइरहेको बताइएको छ ।

Share: