
काठमान्डौ/साताको अन्तिम दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा ८०० सय रुपैयाँले बढेर १ लाख १२ हजार ५ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो ९बिहीबार० तोलामा १ लाख ११ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज तेजाबी सुनको मूल्य पनि तोलामा ८ सय रुपैयाँले नै बढेर तोलामा १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
यस्तैगरी , आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेर १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।


