सुन चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

189
0
Share:

काठमान्डौ/साताको तेस्रो दिन आज नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ । हिजो सोमबार प्रतितोला एक सय रुपैयाँ घटेको सुनको मूल्य यस दिन प्रतितोला तीन सय रुपैयाँ बढेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

सोमबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार आठ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

सोमबार चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ बढेको हो ।

Share: