
काठमान्डौ/गायक पशुपति शर्माले नयाँ गीत सार्वजनिक गरेका छन् । ‘तिम्रा नेता बिग्रिए जाग जनता’ बोलको गीत पशुपतिले आज आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।
नेतालाई व्यंग्य गरेको गीतले जनतालाई सचेत हुन आग्रह गरेको छ । उनको गीतमा भोटमाग्दा चुरिफुरी गर्ने नेताका समाचार पढ्दा लाज लाग्ने गरेको भन्दै गीतले देश चलाउने चावी कहाँ छ भन्दै जनतालाई भनिदिन नेतासँग आग्रह गरेको छ ।
नेपालमै भएको प्राकृतिक स्रोतसाधनको प्रयोग नेपाली नेताले गर्न नसकेको भन्दै पशुपतिको गीतले राम्रो नेताका लागि युवा पुस्ता नै अगाडि सर्नु पर्नेमा जोड दिएको छ ।
शर्माकै शब्द, संगीत तथा स्वर रहेको रहेको गीतको भिडियो निर्देशन दुर्गा पौडेलको छ । केही वर्ष अगाडि पशुपति शर्माको ‘लुट्न सके लुट् कान्छा…’ बोलको गीतले राजनीतिक व्यंग्य गरेको थियो । सदनमै उक्त गीतको विषयलाई लिएर बहस भएपछि उनले गीत नै आफ्नो युट्युब च्यानलबाट हटाएका थिए ।
भिडियो हेर्नुहोस्: