साताको अन्तिम दिन सुन-चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? (आजको बजारमूल्य हेर्नुहोस्)

193
0
Share:

काठमान्डौ/साताको अन्तिम आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । हिजो बिहीबार प्रतितोला आठ सय रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला आठ सय रुपैयाँ नै बढेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार दुई सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार चार सय ५० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, शुक्रबार पनि चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

बिहीबार चाँदी प्रतितोला १४ सय ५ रुपैयाँमा किनबेच भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रुपैयाँ बढेको हो ।

Share: