नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीको सांसद पद निलम्बन

201
0
Share:

काठमान्डौ/नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्त दुईजना बाहेक सबैलाई थुनामा राख्ने आदेश भएको छ । २१ दिन लामो थुनछेक बहसपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानको इजलासले उनीहरूलाई थुनामा राख्ने आदेश दिएको हो ।

 

उक्त आदेशसँगै नेकपा (एमाले)मा निलम्बित सचिवसमेत रहेका टोपबहादुर रायमाझीको सांसद पद निलम्बन भएको छ । प्रतिनिधिसभा नियमावलीको नियम १४८ को उपनियम ३ ले फौजदारी अभियोगमा पक्राउ परेको सांसद पुर्पक्षका लागि थुनामा गएमा थुनामा रहेको अवधिभरका लागि निलम्बनमा रहने व्यवस्था गरेको छ ।

 

रायमाझीको पद निलम्बनमा परेपनि उनको पद भने गएको छैन । अब अदालतमा हुने बहसपछि अदालतले उनलाई अहिले लागेको अभियोग प्रमाणित भएमा भने उनको पद रिक्त हुनेछ । प्रतिनिधिसभाको कार्यकाल एक वर्ष वा सो भन्दा बढी बाँकी रहँदै अदालतको आदेश आएर उनी दोषी ठहर भएमा भने अर्घाखाँचीमा उपचुनाव हुनेछ ।

 

अदालतबाट उनले सफाइ पाएको अवस्थामा भने उनको निलम्बन फुकुवा हुनेछ र उनी सांसदका रूपमा काम गर्न पाउनेछन् ।

Share: